स्की टोली कोरिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२८
  • |
  • 693 पटक हेरिएको

अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ ।

मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम प्रशिक्षक र व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई संघीय सांसद्, नेपाल स्की संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey