विश्वकप छनोट प्रतियोगिताको उद्घाटन समारोह यस्तो रह्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 188 पटक हेरिएको

जिम्बावेमा हुने आईसीसी एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता सुरु हुनु अघि आइतबार राति उद्घाटन समारोह गरिएको छ ।

इंग्ल्याण्डमा हुने २०१९ एकदिवसीय बिश्वकपमा १० टिम सहभागी हुने छन् जसमध्ये ८ वटा टिमको टुंगो लागिसकेको छ भने बाँकी २ टिमको टुंगो बिश्वकप छनौट प्रतियोगिताले लगाउनेछ।

नेपालले प्रतियोगितामा पहिलो खेल मार्च ४ तारिखमा जिम्बावे बिरुद्द खेल्दै छ। दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ।

सहभागी १० रास्ट्रहरुलाई २ समुहमा बिभाजन गरीएको छ जसमा नेपाल रहेको समुहमा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्।

समुह ए मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन्।

नेपाल प्रतियोगिताका लागि आइतबार साझ जिम्बावे पुगेको हो । नेपालले प्रतियोगिता अगाडी दुई वटा अभ्यास खेल खेल्नेछ । जसमा पहिलो खेल युइई र दोस्रो खेलमा हङकङ विरुद्ध खेल्नेछ ।

उद्घाटन समारोहका तस्विरहरु

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal