Mega Bank

‘आठौं राष्ट्रिय खेलकूदको मिति अझैं तोक्न सकिएन’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७५-११-२७
  • |
  • 44 पटक हेरिएको

सदस्यसचिव विष्ट काठमाडौं, २७ फागुन प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आज पनि मिति तोक्न सकिएन् । परिषद्को बोर्ड बैठक बसे पनि मिति भने तोक्न नसकिएको हो ।

अबको एक दुई दिनमा बोर्डको बैठक बसेर मिति तोकिने राखेपले जनाएको छ । राखेपका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिता चैत मसान्त भित्र हुने जानकारी दिँदै चाँडै मिति तोकिने प्रष्ट पारे ।

उनले आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गतका खेलहरु चैत १९ गतेदेखि शुरु गर्ने प्रस्तावित मितिमा छलफल भएको जानकारी दिए । उनले भने प्रस्तावित मिति १९ गते शुरु गर्ने र २५ गते राष्ट्रपतिबाट उद्घाटन गराउने रहेको छ ।

‘तर आजको बैठकले मिति नतोएि पनि राखेपको तयारी १९ गतेदेखि टिम इभेन्टका गेमहरु सञ्चालन गर्ने रहेको छ । सदस्यसचिव विष्टले भने ।’

भर्खरै

Advertisement