आकाशदीप टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२६
  • |
  • 247 पटक हेरिएको
आकाशदीपले उपत्यकाव्यापी खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ आकाशदीप टिम च्याम्पियन बन्यो ।
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कांस्यसाथ इचङगु डोजो दोश्रो भयो । ४ स्वर्ण, १ रजत र ४ कांस्यमा आयोजक स्वयम्भूले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा मानसिंह डोजोका मिनबहादुर तामाङ तथा महिलामा सिफल डोजोकी युभिन महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
त्यस अवसरमा करातेका रवि शाही, रुपेश श्रेष्ठ, सारदा सुनार, सन्देश लामा, रेश्मा तामाङ, अप्सरा लम्साल, बरुण लामा, कृतन महर्जन, आशिष कार्की, प्रकाश राई, सानुबाबु गिरी, रामकुमार श्रेष्ठ र बिआर मित्रलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा १५ टिमका २ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal