ग्वार्डिओलाको पहिलो उपाधि, म्यान्चेस्टर सिटीले लिग कप जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 165 पटक हेरिएको

फागुन १४ । आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इंग्लिस लिग कप फुटबलको उपाधि जितेको छ । पेप ग्वार्डिओलाले म्यान्चेस्टर सिटीको प्रशिक्षण संहालेपछिको यो पहिलो उपाधि हो ।

गत साता एफए कपको पाँचौं चरणमा लिग वान क्लव वीगान एथ्लेटिक्ससँग पराजित भएको सिटीले आर्सनललाई ३–० ले हराएर उपाधि जितेसँगै पुनः लयमा फर्किएको छ र प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि यात्रामा शतर्क रहेको जनाउ दिएको छ ।

सिटीका सर्जियो एग्यूरोले खेलको १८औं मिनेटमै गोलको खाता खोलेका थिए । उनले गोलरक्षक क्लाउडिओ ब्राभोको गोलकिक कलेक्ट गर्दै गोल गरेका थिए ।

सुरुआतमै पछि परेपछि आर्सनल दवावमा देखियो । पहिलो हाफमा एक शून्यले अघि रहेको सिटीले दोस्रो हाफमा २ गोल थप्यो ।

५८औं मिनेटमा सिटीका कप्तान भिन्सेन्ट कोम्प्यानीले दोस्रो गोल गरे । उनले इके गुण्डोगानको पास सदुपयोग गरेका थिए ।

६५औं मिनेटमा डेभिड सिल्फाले डानिलोको पासमा प्रहार गरेको शक्तिशाली शट गोल भएपछि सिटी ३–० ले विजयी रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey