म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 169 पटक हेरिएको

फागुन १३ । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले एक गोल र अर्को गोलका लागि पास उपलब्ध गराएपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले कठिन प्रतिद्वन्द्वी चेल्सीलाई २–१ गोलले पराजित गरेको छ ।

ओल्ड ट्राफोटमा आइतबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा जित हासिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएपछि चेल्सी भने पाँचौं स्थानमा पुगेको छ । उसको ५३ अंक छ ।

७५ हजार भन्दा बढी घरेलु समर्थकमाझ ओल्ड ट्राफोटमा चेल्सीले अग्रता लिएको थियो । इडेन हाजार्डको पासमा ब्राजिलियन स्ट्राइकर विलियनले चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, उसको अग्रता धेरैबेर टिक्न सकेन । ३९औं मिनेटमै रोमेलु लुकाकुले बराबरी गोल फर्काउँदै घरेलु समर्थकको खुसी फिर्ता गरे ।

पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले गोल थप्यो । ७५औं मिनेटमा लुकाकुको पासमा जेसे लिंगार्डले गोल गर्दै महत्वपूर्ण जित निश्चित गरे ।

आइतबारकै अर्को खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० गोलले हराउँदा उसका सुपरस्टार ह्यारी केनले खेलको अन्तिमतिर गोल गरेका थिए ।

पाहुना टोली टोटनह्यामका लागि केनले खेलको ८८औं मिनेटमा गोल गरी टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । यस जितले टोटनह्याम लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सी युनाइटेडसँग पराजित भएपछि २८ खेलबाट ५५ अंक जोडेको टोटनह्याम एक स्थान माथि पुगेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal