डवललिग बास्केटबलमा बुढानिलकण्ठको रोमाञ्चक जित

0

फागुन १३, काठमाडौं । अन्तर क्लव डवल लिग बास्केटबल प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिकाको टोलीले साउथ साइडर्स बास्केटबल क्लवबिरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको कोर्टमा सम्पन्न खेलमा बुढानिलकण्ठले घरेलुटोली साउथ साइडर्समाथि ६७–६६ रोमाञ्चक जित हासिल गरेको हो ।

सुरुआती दुई सेट बुढानिकलण्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दैै क्रमसः १४–१० १८–१३ को स्कोर निकाल्यो । यसैले उसको जितको आधार बन्यो ।

तेस्रो र चौथो सेटमा अग्रता लिए पनि साउथ साइडर्सले खेल जित्न सकेन । तेस्रो सेटा १९–२० ले जितेको साउथ साइडर्सले चौथो सेटमा १६–२३ को जित निकालेको थियो ।

खेलमा सर्बाधिक १६ स्कोर गरेका साउथ साइडर्सका विराज राना खेलको म्यान अफ द म्याच चुनिए ।

Post Add 1025X115
Loading...