चिल्ड्रेन मोडेल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२५
  • |
  • 184 पटक हेरिएको

चिल्ड्रेन मोडेल स्कुलले आठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन चिल्ड्रेन मोडेलले ६ स्वर्ण, १ रजत र १ कांस्य जित्यो ।

हात्तीगौडास्थित नेसनल युनाइटेड स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ६ रजत र ३ कांस्यसाथ नव ज्ञान भूमि दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको श्री बाँस्वारी स्कुलले ३ स्वर्ण, २ रजत र ८ कांस्य हात पा¥यो ।

पुरुषमा नेसनल युनाइटेडका निकोन राई तथा महिलामा द चाँदबाग स्कुलकी आयुशी अधिकारी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई पूर्व सांसद् एवं करातेका संस्थापक मध्येका एक मोहनकुमार राई, नेपाल गोजुकाइ कराते डो संघका अध्यक्ष अशुराज श्रेष्ठ, नेसनल युनाइटेडका संस्थापक जेबी हमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न डोजो र विद्यालय गरी ३० टिमका २ सय ४६ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey