Prabhu Bank

होप भ्याली, स्किब्स र नेरिकलाई उपाधि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 5 पटक हेरिएको
फागुन १३, काठमाडाैं । आयोजक होप भ्याली स्कुल (एचभीएस), स्किब्स र नेरिक एकेडेमीले तेश्रो एचभीएस अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् ।  होप भ्याली जुनियर ब्वाइज, स्किब्स सिनियर गर्ल्स र नेरिक सिनियर ब्वाइजमा च्याम्पियन बने ।
इमाडोलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा होप भ्यालीले नेरिकलाई १४–१० ले हरायाे । होप भ्यालीको जितमा जिवेश व्यञ्जन्कारले ८ अंक योगदान गरे ।
सिनियर गर्ल्स फाइनलमा स्किब्सले ग्रामर पब्लिकलाई १०–९ को झिनो अन्तरले हरायो । स्किब्सकी देबुना केसीले ९ अंक जोडिन् ।
सिनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिकले होप भ्यालीलाई १८–१२ ले पन्छायाे । नेरिकका पवन खत्रीले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा होप भ्यालीका स्विकार कुँवर, सिनियर गलर्समा देबुना केसी तथा सिनियर ब्वाइजमा अनमोल खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई यु–१६ राष्ट्रिय बास्केटबल टोलीका सहायक प्रशिक्षक आशिष केसी, होप भ्यालीका प्रबन्ध निर्देशक आनन्द अधिकारी र होप भ्यालीका प्रिन्सिपल एकराज कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको तीनै विधामा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement