चौथो क्लव च्याम्पियनसिप भलिबल सुरु

0

फागुन १३, काठमाडाैं । नेपाल सेटलाइट टेलिकम र नेपाल भलिबल संघको आयोजनामा काठमाडौंमा चौथो एनएसटी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु भएको छ ।

प्रतियोगितामा एपीएफ र नेपाल आर्मीले दोहोरो जित निकालेका छन् । आइतवार भएको उद्घाटन खेलमा एपीएफको महिला टिमले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदा पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो ।

एपीएफको महिला टिमले पुलिसलाई २५–१६,२७–२५ र २५–१४ को सेटमा हराएको थियो । एपीएफकै पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–५,२५–१५,२१–२५ र २५–२० को सेटमा हरायो ।

नेपाल सेटलाईड टेलिकमको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगितामा नेपाल आर्मीको पुरुष टिमले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५,२५–१३ र २५–१३ को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा क्वाटर फाइनलमा स्थान बनायो ।

पुरुष टाईसिटको समिकरण अनुसार समूह डि मा दुई टिम मात्र भएकाले ढोरपाटन स्पोर्टस् क्लबले पनि अन्तिम आठमा स्थान बनाएको छ ।

त्यस्तै आर्मीको महिला टिमले पनि ढोरपाटनलाई २५–२०,२५–७ र २५–६ को सोझो सेटमा हराउँदै बिजयी शुरुवात गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले गरेका थिए ।

प्रतियोगिताका बिजेताले १ लाख ५० हजार, उपबिजेताले १ लाख र तेश्रो हुनेले ६० हजार रुपैयाँ नगद पाउनेछन् । त्यस्तै प्रतियोगिताको दुवै समूहका उत्कृष्ट खेलाडीले नगद १५ हजार र बिद्यागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा महिलातर्फ ७ टिम तथा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ ।

Post Add 1025X115
Loading...