मल्पी र नामी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२४
  • |
  • 181 पटक हेरिएको

काठमाडौं, २४ फागुन।आयोजक मल्पीको ‘बी’ टिम र नामी चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । मल्पी ‘बी’ ले ब्वाइज तथा नामीले गल्र्सतर्फ उपाधि जिते ।

बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘बी’ ले काष्ठमण्डपलाई २१–१५ ले पराजित ग¥यो । मल्पी ‘बी’ को जितमा आयुश मोक्तानले सर्वाधिक ९ अंक योगदान गरे । बाँकी खेलाडी अनन्य भट्टराईले ६, राहुलविक्रम शाहले ४ र पविन राईले २ अंक जोडे । मल्पी लगातार चौथो पटक च्याम्पियन बनेको हो ।

गल्र्सको उपाधि भिडन्तमा पासाङ छुटिन शेर्पाको ५ अंक सहयोगमा नामीले यसअघिका तीन संस्करणको विजेता मल्पी ‘बी’ लाई १०–६ ले हरायो । वितास्मा गुरुङ र इशिका ढकालले समान २–२ तथा सुरक्षा गुरुङले १ स्कोर गरे । ब्वाइज÷गल्र्स दुवैको विजेताले १० हजार र उपविजेताले ५ हजारका दरले नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मल्पीका राहुलविक्रम तथा गल्र्समा नामीकी पासाङ छुटिन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा काष्ठमण्डपका श्रृजन भण्डारी तथा गल्र्समा मल्पी ‘बी’ की सिम्रन खाँड ठकुरी सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर श्रृजनले ४५ तथा सिम्रनले २७ स्कोर गरे । नामीका तेन्जिङ साम्तेन ‘बेस्ट प्वाइन्ट गार्ड’ चुनिए ।

विजेलाई मल्पी इन्स्टिच्यूटका संस्थापक निर्देशक मिलनविक्रम शाह, एकेडेमिक प्रमुख टेकनाथ पौडेल र प्रशासन प्रमुख पूर्णचन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यस अवसरमा राष्ट्रिय बास्केटबल खेलाडी आयुश सिंह, सौरव श्रेष्ठ र निश्चल महर्जन, यु–१६ का पूर्व बास्केटबल खेलाडी सौगात बानियाँ, पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रुपक गुरुङ तथा राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तानलाई सम्मान गरिएको थियो । दुई प्रतियोगिताको ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal