जुडो ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 270 पटक हेरिएको

फागुन १३, काठमाडौं । नेपाल जुडो संघको आयोजनमा भएको अन्तराष्ट्रिय ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक कमिटि तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा भएको कोर्षमा जुडोका ४० प्रशिक्षार्थीहरुले जुडोसँग सम्वन्धित ज्ञानलाई पुनर्ताजगी गर्नुका साथै नयाँ ज्ञान सीप हासिल गर्न सफल भए ।

जसले आगामी दिनमा नेपालमा जुडो खेलको विकास र विस्तारका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कोर्षमा सहभागिहरुलाई अन्तर्राष्ट्रिय जुडो महासंघका बिज्ञ अमर मेजिदाले प्रशिक्षण प्रदान गरेका थिए । बिज्ञलाई नेपाली सहयोगी तथा बिज्ञ सुप्रशिद्ध ताम्राकार र राजीव प्रधानले सहयोग गरेका थिए ।

सोही अवसरमा नेपाल जुडो संघले २० रेफ्री तथा ब्यवस्थापन सम्वन्धि सेमिनार पनि संचालन गरेको थियो । उक्त सेमिनारबाट २० जना लाभान्बित भएका छन् । सेमिनारमा २०१८ बाट जारी भउको जुडोका नयाँ नियमहरुको बारेमा नेपाल जुडो संघका महासचिव धर्म श्रेष्ठ, प्रमुख प्रशिक्षक विरेन्द्र रंजित, अन्तराष्ट्रिय रेफ्रि मनोज बहादुर के.सी.ले प्रशिक्षण प्रदान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal