Prabhu Bank

एन्फा चुनाव प्रभावित पार्न चलखेल सुरु भयोः कर्मा छिरिङ

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 4 पटक हेरिएको

फागुन १३, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्षका उम्मेदवार कर्मा छिरिङ शेपार्ले संस्थापन पक्षले मतदातालाई आर्थिक तथा राजनीतिक प्रलोभनमा पारेर चुनाव प्रभावितन पार्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार शेर्पाले चुनाव आउन थोरै समय बाँकी रहँदा अहिलेसम्म आचारसंहिता नै नबनाइएको बताए । चुनावलाई निश्पक्ष बनाउन सबै पक्ष समेटेर चुनाव आचारसंहिता बनाउनुपर्नेमा अहिलेसम्म एकपक्षीय निर्णयमात्र गरिएको उनको भनाइ छ ।

‘राष्ट्रिय चुनावहरुमा सर्वपक्षीय छलफलपछि मात्रै आचारसंहिता बनाउने र लागूगर्ने निर्णय हुन्छ । तर, यहाँ त्यस्तो भएन । निर्वाचन समितिले आचार संहिता बनाएको छ, त्यो टोकरीमा फालिएको छ ।’ शेर्पाले भने ।

उनले भने, ‘६महिनाअघि प्रत्येक जिल्लालाई एउटा ल्यापटप दिने निर्णय भएको अहिले धमाधम बाढिराखेका छन् । जिल्लामा ५–५ ला दिने कुरा आइरहेको छ, यसले चुनाव प्रभावित बनाउन खोजिँदैछ ।’

साथै फिफा फरवार्ड कार्यक्रममार्फत आएको रकम पनि ए डिभिजन क्लवहरुलाई वितरण गरेर चुनावमा प्रभाव पार्न खोजेको आरोप उनले लगाएका छन् ।

एन्फाको कार्यसमिति चुनाव आगामी चैत १४ गते हुँदैछ । अध्यक्षका लागि शेर्पा र संस्थापन समूहबाट अहिलेका वरिष्ठ उपाध्यक्ष मणि कुँवर आमने सामने हुँदैछन् ।

शेर्पाले पूर्व अध्यक्ष गणेश थापा आफ्ना उम्मेदवार मणि कुँवरलाई जिताउन शक्तिकेन्द्र धाउन थालेकोसमेत बताए । आफ्ना समूहका मतदातालाई बिभिन्न राजनीति दलमार्फत दवाव आउन थालेको शेर्पाले जानकारी दिए । तर, उनले कुन पार्टीबाट दवाव आएको भने खुलाएनन् ।

एन्फाका मानार्थ अध्यक्ष टासी घले, पूर्व सीईओ इन्द्रमान तुलाधर, आसन्न चुनावमा आफ्नो समूहका ६जना उपाध्यक्षका उम्मेदवारलाई राखेर गरएिको पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो समूहका तीन एजेण्डा प्रस्तुत गर्दै परिवर्तनको पक्षधरलाई एकत्रीत हुन अपील पनि गरे

आर्थिक पारदर्शीताका साथै बिधान अनुसार एन्फाका कार्यक्रम सञ्चालन गर्ने उनको प्रमुख एजेण्डा हो ।

त्यस्तै मुलुकमा फुटबलको ग्रासरुटदेखि नै बिकास गर्ने लक्ष्य उनले सुनाए । जस अनुसार फुटबल संघ गठन भएका ४५ वटै जिल्लामा प्रतिजिल्ला कम्तिमा २ देखि बढीमा १० वटासम्म ट्रेनिङ सेन्टर स्थापना गर्ने तथा हरेक जिल्लामा फुटबल एकेडेमी सञ्चालन गर्ने लगायत छन् ।

उमेरसमूहको खेलाडी उत्पादनका लाथि जिल्लास्तरबाटै कार्यक्रम सञ्चालन गर्ने उनको एजेण्डामा छ । यसका लागि सम्बन्धित जिल्लामा सरकारी बिद्यालय, हिसान, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्ने योजना कर्माले सुनाए ।

जिल्ला हुँदै सबै प्रदेशमा पुरुष र महिलाको चार उमेर समूहको लागि एकेडेमी स्थापना गर्ने र त्यसले राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै रेफ्री र प्रशिक्षकको सुविधा बृद्धि गरी स्तरोन्नति गर्ने कर्मा समूहले बताएको छ । एएफसी र फिफाबाट प्रशिक्षकका लागि आउने सुविधा सम्बन्धि ब्यक्तिमा नप¥याएर घोटाला भइरहेको आरोप पनि कर्मा समूहको छ ।

कर्मा समूहको तेस्रो एजेण्डा भनेको खेलाडीका लागि बजार प्रबन्धन हो । यसको अर्थ खेलाडीलाई बढी भन्दा बढी व्यवसायिक बनाउने र क्लवको स्तर उन्नति गर्नु रहेको कर्माले बताए । ‘नेपालको फुटबल अहिले बालक अवस्थामा छ, यसलाई हुर्काउनुपर्छ, ठूलो बनाउनुपर्छ र व्यवसायिक बनाउनुपर्छ, यसका लागि क्लव हरुलाई बलियो बनाउनुपर्छ ।’ पत्रकार सम्मेलनमा कर्माले भने, ‘क्लवलाई बलियो बनाउने फुटबल संघले नै हो ।’

क्लवहरुमा आर्थिक र राम्रो मैदानको अभाव रहेको भन्दै त्यसको पूर्तिका लागि फुटबल संघले अल्पकालीन र दीर्घकालीन योजनाहरु ल्याउने कर्माले बताए । ‘हामीले क्लवको आर्थिक र मैदानको समस्या समाधान गरिदियौं भने, उनीहरु राम्रो टिम बनाउन लाग्छन्, फुटबल यसै व्यवसायिक भइहाल्छ । त्यसमा पनि हामीले कम्तिमा ६ महिना लामो लिग सञ्चालन गर्ने सोचेका छौं ।’

कर्माले आफ्नो समूह चुनावमा पराजित भए पनि फुटबलबाट टाढा नहुने बताएका छन् । ‘चुनावमा जस्तो नतिजा आए पनि हामी स्वीकार गछौं, हामी फुटबलकै मान्छे हौं यहाँबाट टाढा गएर हाम्रो क्लव कसरी चलाउने ?’

भर्खरै

Advertisement