सिद्धार्थ बनस्थली फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२२
  • |
  • 438 पटक हेरिएको

नेप्लेज, २२ फागुन । सिद्धार्थ बनस्थली नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई २–१ गोलले पराजित ग¥यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगर र जेनिश रेग्मीले गोल गरे । नेक्ससका मनीष बरियाले १ गोल फर्काए । मनीष नै ‘म्यान अफ द म्याच’ घोषित भए ।

फाइनलमा सिद्धार्थ बनस्थलीको भेट डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल संग हुनेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा एलएले आयोजक लोयल्टी ‘बी’ लाई २–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल बिहीबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey