इ‌ग्ल्याण्ड न्युजिल्याण्डसँग ३ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 160 पटक हेरिएको

फागुन १३ । इग्ल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम न्युुजिल्याण्ड ३ विकेटले विजयी भएको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ ।

न्युजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनायो ।

उसका लागि जोस बटलरले ७९ तथा जोय रुटले ७१ रनको साझेदारी गरे । यस्तै जेसोन रोयले ४९ र मोयन अलीलले २८ रन थपे ।

जवाफमा न्युजिल्याण्डले ४ बल बाकि हुदा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

निकै रोमाञ्चक बनेको खेलमा घरेलु टिमको जितमा रोस टेलरले उत्कृष्ट प्रदर्शन गरे । उनले एक सय १३ रनको पारी खेले ।

यस्तै टोम लाथमले ७९ तथा मिचेल सान्तानेरले ४५ रन बनाए ।

२७ रन हुदा तीन विकेट गुमाइसकेको न्युजिल्याण्डको जितका लागि टेलर र लाथमले १९९ रनको साझेदारी गर्दै टिमको जितको आधार खडा गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey