एलए फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२१
  • |
  • 200 पटक हेरिएको

डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा एलएले आयोजक लोयल्टी ‘बी’ लाई २–० गोलले पराजित ग¥यो । एलएका प्रसुन तुलाधर र प्रज्ज्वल भट्टले गोल गरे । लोयल्टी ‘बी’ का छिरिङ शेर्पा ‘म्यान अफ द म्याच’ घोषित भए ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेक्ससले आयोजक लोयल्टी ‘ए’ लाई ६–१ गोलले हरायो । नेक्ससका मनीष बरिया एक्लैले ५ गोल गरे भने सक्षम भट्टराईले १ गोल थपे । लोयल्टी ‘ए’ का शिभम् अधिकारीले सान्त्वना गोल गरे । लोयल्टी ‘ए’ का डिदविजय शाही ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा नेक्ससको भेट सिद्धार्थ बनस्थलीसंग हुनेछ । सेमिफाइनलको विजेताले उपाधिका लागि एलएको बिहीबार सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey