कन्स्टिलेसन सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२१
  • |
  • 188 पटक हेरिएको

कन्स्टिलेसन दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कन्स्टिलेसनलले आयोजक भ्याली पब्लिक ‘बी’ लाई ५–० गोलले पराजित ग¥यो । कन्स्टिलेसनका चक्र शाही र प्रदीप चौलागाईंले २–२ तथा मनीष तामाङले १ गोल गरे ।

काष्ठमण्डप, बाल विकास ‘ए’ र कुन्डलिनी पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । काष्ठमण्डपले भ्याली पब्लिक ‘ए’ लाई ४–१ गोलले हरायो । काष्ठमण्डपका सिद्धान्त खड्काले ह्याट्रिक गरे भने प्रशान्त लिम्बूले १ गोल गरे । बाँकी १ गोल आत्माघाती थियो । भ्याली पब्लिक ‘ए’ का इशान गुरुङले १ गोल फर्काए ।

बाल विकास ‘ए’ ले त्रिज्योतिलाई १–० गोलले पाखा लगायो । कुन्डलिनीले लक्ष्मीपुरको यात्रा टाइब्रेकरमा २–१ ले पूर्णविराम लगायो । सेमिफाइनल काष्ठमण्डप र बाल विकास ‘ए’ तथा कन्स्टिलेसन र कुन्डलिनीबीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey