तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक क्षेत्रीले दक्षिण कोरियामा पाए ठूलाे सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२१
  • |
  • 198 पटक हेरिएको

काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी, प्रशिक्षक एवम् रेफ्री राजु क्षेत्रीलाई दक्षिण कोरियाको पोचान महानगरपालिकाले अवैतनिक राजदूत नियुक्त गरेको छ ।

कोरियामा यस्तो उपाधि पाउने तेक्वान्दो प्रशिक्षक क्षेत्री पहिलो नेपाली हुन् । यसअघि उनले तेक्वान्दो खेलको विकासका लागि दिएको उत्कृष्ट योगदानलाई ध्यान राख्दै सन् २०१३ मा दक्षिण कोरियाको सिउल महानगरपालिकाले क्षेत्रीलाई मानार्थ नागरिकतासमेत प्रदान गरेको थियो ।

छैटौँ डान ब्ल्याक बेल्ट लिएका मास्टर क्षेत्रीले उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीको उपाधिसमेत पाएका छन् । उनलाई सन् २०१३ मा विश्व तेक्वान्दोको प्रधान कार्यालय क्यूक्योनले उक्त उपाधि दिएको हो । त्यसैगरी, विश्व तेक्वान्दो महासंघले पनि उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता दिएको छ ।

विसं २००७, २०११ र २०१२ मा साउथ कोरियामा आयोजित विश्व तेक्वान्दो प्रतियोगिता, पहिलो विश्व तेक्वान्दो पुम्से प्रतियोगिता २००६, दोस्रो कोरियन खुल्ला अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगिता २००६ र पाँचौँ खुल्ला तेक्वान्दो प्रतियोगिता २००९ उनले प्रशिक्षकको भूमिका निभाएका थिए ।

सन् २०१४ मा साउथ कोरियाको इन्चोङमा आयोजित १७ औँ एशियाली खेलकूदमा उनी नेपालको तर्फबाट सहभागी भएका थिए । कोरियामा क्षेत्री सफल युवा व्यवसायी मात्र नभई समाजसेवीका रुपमा पनि चिनिन्छन् । उनले नेपालमा रहेका दर्जनौँ तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामग्री तथा आर्थिक सहयोग गर्दै आएका छन् ।

अवैतनिक राजदूतको उपाधि पाएपछि प्रतिक्रिया दिँदै क्षेत्रीले कोरियाली सरकारी निकायले एउटा नेपाली खेलाडीलाई मानार्थ राजदूत नियुक्त गर्नु सम्पूर्ण नेपालीका लागि खुशीको कुरा भएको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal