बार्सिलोनाका भविश्यः काउटिन्हो र डेम्बेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 222 पटक हेरिएको

फागुन १३ । महंगो अनुबन्धका बाबजुद बार्सिलोनाको स्तरोन्नतिको चिन्ताका बीच शनिबार राति नाउ क्याम्पमा उपस्थित समर्थकहरुलाई त्यसको जवाफ मिलेको छ । बार्सिलोनाको भविश्यको झलक देखाउँदै फिलिप काउटिन्हो र ओसमान डेम्बेले दुवैले निक्कै राम्रो प्रदर्शन गरे ।

२५० मिलियन युरो भन्दा धेरै रकम खर्चिएर अनुबन्ध गरेका यी दुई खेलाडीलाई गत साता इवारविरुद्धको खेलमा बेञ्चमा राखिएको भन्दै प्रशिक्षक अर्नेष्टो भाल्भर्डेको आलोचना भएको थियो । तर, भाल्भर्डेले गए राति यो जोडीलाई जिरोनाबिरुद्धको खेलमा आफ्नो क्षमता देखाउने अबसर दिए ।

पछिल्ला केहि सिजनमा बार्सिलोना मध्यमदेखि लामो दूरीको पोष्ट एट्याकमा कमजोर देखिएको थियो । यस्तो प्रयासमा उसले कमै सफलता पाएको थियो ।

र काउटिन्होको रुपमा बार्सिलोनाले आफ्नो कमजोरी सुधार्नका लागि यस्ता खेलाडी पाएको छ, जसले लङ रेञ्जबाट पोष्ट एट्याक मन पराउँछन् । आफ्नो त्यही क्षमताले काउटिन्हो लिभरपुलमा निकै प्रभावशाली बनेका थिए ।

शनिबार जिरोनाले देख्यो कि इन्टरमिलानका पूर्व मिडफिल्डर काउटिन्होले के गर्न सक्छन् । राइट फुटेट प्रहारमार्फत टप कर्नरमा शानदार गोल गर्दै काउटिन्होले आफ्नो प्राकृतिक कलालाई बार्सिलोनामा पनि निरन्तरता दिएका छन् ।

उनको समग्रह खेल हेर्दा आफ्ना नयाँ टिममेटसँगको तालमेलमा अझै निखारता ल्याउनुपर्ने देखिए पनि भाल्भर्डेले जनवरीमा गरेको अनुबन्धले बार्सिलोना कम्तिमा ला लिगामा अझै आरामदायी अवस्थामा पुगेको छ ।

अर्कोतर्फ निश्चित रुपमा यो भन्न सकिन्छ कि बोरुशिया डर्टमण्डबाट बार्सिलोना आउने निर्णय ओस्मान डेम्बेलेको ठूलो कमजोरी थियो । बिशेष गरी आसन्न विश्वकपको सहभागितालाई लिएर गम्भीर चिन्ता देखिएको छ । फेरि पनि चोटग्रस्त भएपछि डेम्बेलेले ला लिगामा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् ।

एथ्लेटिको बिल्वाओका पूर्व प्रशिक्षक भाल्भर्डेले शनिबार राति पूर्ण फिलट भइनसकेका ओस्मान डेम्बेलेलाई सुरुआती ११ मा खेलाएर एउटा रिक्स लिए । तर, डेम्बेलेले आफूलाई यसरी प्रमाणित गरेका छन् कि उनी बार्सिलोनाको भविश्य हुन् ।

उनको स्पिड दर्शनीय थियो भने राइट ब्याक नेल्सन सेमेडोसँगको तालमेल पनि निक्कै राम्रो थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey