Prabhu Bank

रसियन खेलाडीमाथि लागेको प्रतिबन्ध फुकुवाका लागि आइओसीको सर्त

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 0 पटक हेरिएको

दक्षिण कोरीयामा जारी विन्टर ओलम्पिकमा सहभागि रसियन खेलाडी डोपिङ परिक्षणमा असफल नभए निकट भविष्यमा रसिया माथि लागेको प्रतिबन्ध फुकुवा गर्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

दक्षिण कोरीयाको पियाङचाङमा सहभागि खेलाडीहरु मध्ये कुनै एक खेलाडी पनि डोपिङ परिक्षणमा सकारात्मक देखिए रसिया माथि लागेको प्रतिबन्ध फुकुवा नहुने आइओसीले जनाएको छ ।

यदि सबै खेलाडी डोपिङ परिक्षणमा पास भएमा निकट भविष्यमा रसियामाथि लागेको प्रतिबन्ध फुकुवा हुने जनाएको छ ।

तर विन्टर ओलम्पिकमा रसियन खेलाडीले समापन समारोहमा आफनो राष्ट्रिय झण्डामा मार्च पास गर्न नपाउने भएका छन । २०१४ मा भएको सोची ओलम्पिकमा राज्य प्रायोजित डोपिङका कारण एकपछि अर्को गरी रसियन खेलाडी प्रतिबन्धमा परेका थिए ।

जसका कारण उनिहरुले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता पाउने की नपाउने भन्नेमा ठुलो अन्योल भएको थियो । तर अन्तिम समयमा आईओसीले खेलाडीलाई आफ्नो झण्डामुनी सहभागिताका लागि अनुमती दिएको थियो ।

जसका कारण रसियाका एक सय ६८ खेलाडीले यसपटकको विन्टर ओलम्पिकमा भाग लिएका थिए । जसमध्ये रसियालाई पदक दिलाएका दुई खेलाडी फेरी डोपिङमा असफल भएका थिए ।

आईओसीका अध्यक्ष थोमस बाचले रसियन खेलाडी माथिको प्रतिबन्ध हटाउने प्रक्रियामा नजिक पुगेका बेला फेरी खेलाडी प्रतिबन्धमा पर्नु दुखद विषय भएको बताए ।

पियाङचाङमा बसेको आइओसीको एक सय ३२ औ कार्यसमितीको बैठकले रसियाको प्रतिबन्ध हटाउन भोट गरेका थिए । तर सो बैठकमा ५२ जना सदस्य मात्र उपस्थित थिए ।