Prabhu Bank

एलिना स्भोटिलीनाले रक्षा गरिन् दुबई ओपन टेनिसको उपाधि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 3 पटक हेरिएको

फागुन १३ । युएईमा सम्पन्न दुबई ओपन टेनिसको उपाधि शिर्ष बरियताकी एलीना स्भोटिलीनाले जितेकी छिन । यो प्रतियोगिताको उपाधि रक्षा गर्ने स्भोटिलीना तेस्रो महिला खेलाडी हुन ।

दुबईमा भएको फाइनलमा स्भोटिलीनाले रसियन खेलाडी डारीया कासात्किनालाई दुई शुन्यको सोझो सेटमा हराइन ।

विश्व बरियतामा चौथो स्थानमा रहेकी स्भोटिलीनाले डारीया विरुद्ध सुरुवात देखि नै अग्रता बनाएकी थिइन ।

कुल एक घण्टा १० मिनेटसम्म चलेको खेलमा २४ औ बरियताकी डारीया विरुद्ध स्भोटिलीनाले पहिलो सेट ६–४ ले जित्दा दोस्रो सेट ६–० ले आफनो पक्षमा पारिन ।

२० बर्षे डारीयाले पुरै खेलमा ३४ वटा अनफोर्स इरोर गरेकी थिइन ।

भर्खरै

Advertisement