मल्पीलाई काष्ठमण्डप कपकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१९
  • |
  • 189 पटक हेरिएको
नेप्लेज, १९ फागुन । डिफेन्डिङ च्याम्पियन मल्पी ‘बी’ ले चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । मल्पी ‘बी’ का अनन्य भट्टराई र आयुश लामाले समान ९–९ अंक योगदान दिए । केनोर दोर्जी नेपालीले २ तथा टासी फुन्सोकले १ अंक जोडे । काष्ठमण्ड ‘बी’ का श्रृजन भण्डारी, देव शर्मा र आयुश रिमालले समान ३–३ तथा प्रथम श्रेष्ठले १ स्कोर गरे ।
मल्पीले यो वर्ष चौथो उपाधिका रुपमा काष्ठमण्डप कप जितेको हो । यसअघि मल्पीले नामी, एस र जेभियर कप जितेको थियो । मल्पीको प्रशिक्षकमा राष्ट्रिय बास्केटबल टोलीका मुख्य खेलाडी मध्येका एक रविन खत्री छन् ।
मल्पी ‘बी’ का अनन्य भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान तथा शारीरिक शिक्षा प्रमुख प्रा.डा. रामकृष्ण महर्जन र काष्ठमण्डपकी प्रिन्सिपल डा. शिबा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा आयोजक र मल्पीको २–२ सहित १० टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey