Prabhu Bank

राेनाल्डाे र रियल मड्रिड ‘ब्याक अन फर्म’

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 6 पटक हेरिएको

फागुन १२ । स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । क्रिष्टियानो रोनाल्डोले ब्यक्तिगत २ गोल गर्दा रियल मड्रिडले डिपोर्टिभो एलभेसलाई ४–० ले हरायो ।

जितसँगै रियलले तेस्रो स्थानको पकड बलियो बनाएको छ । रियलले २५ खेलबाट ५१ अंक बनाउँदा एक खेल कम खेलेको एथलेटिको मड्रिड ५५ अंकका साथ दोस्रो स्थानमा र बार्सिलोना ६२ अंक सहित शीर्ष स्थानमा छ ।

सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको रियल मड्रिडले यो जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ११ मा झारेको छ । उसले चौथो स्थानको भ्यालेन्सियालई ५ अंकले पछि छोडेको छ ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ४४औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफ सुरु भएको कही सेकेण्डमा नै ग्यारेथ बेलले गोल गर्दै घरेलु टिमलाई २ गोलको अग्रता दिलाए ।

रोनाल्डोले ६१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए । एक पक्षिय खेलको ८९ औं मिनेटमा मड्रिडले पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गरेपछि रियलले ४–० को जित हात पारेको हो ।

रोनाल्डो ‘ब्याक अन फर्म’

सिजनको सुरुवातमा खराब प्रदर्शन गरेका रोनाल्डोले पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । च्याम्पियन्स लिगको एक र ला लिगाको चार खेलमा ‘क्लीनसिट’ दिलाउन पोर्चुगिज स्टार रोनाल्डोले ८ गोल गरेका छन् ।

ला लिगाको चार खेलमा एकमा ह्याट्रिक गर्दै रोनाल्डोले ६ गोल गरे भने च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पीएसजीविरुद्ध २ गोल गरेका थिए ।

ला लिगाको गोल कर्ताको सुचिमा रोनाल्डो छैटौं स्थानमा उक्लिएका छन् । उनले कुल १२ गोल गरेका छन् भने शीर्ष स्थानका लियोनेल मेसीको २० गोल छ ।

भर्खरै

Advertisement