एडभान्स स्कुलद्वारा पदक विजेता पुरस्कृत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१८
  • |
  • 207 पटक हेरिएको
नेप्लेज, १८ फागुन । हाँडीगाउँस्थित एडभान्स स्कुलले वार्षिक खेलकुद दिवसका पदक विजेतालाई शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरेको छ ।
पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रमको अवसरमा विभिन्न खेलका पदक विजेतासहित अन्य अत्तिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कृत गरिएको हो ।
वार्षिक खेलकुदमा एथलेटिक्स, बास्केबल, फुटसल, बुद्धिचाल, ब्याडमिन्टनलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । सोही अवसरमा एडभान्सले सहभागिता जनाएको अन्य अन्तरविद्यालय प्रतियोगितामा विभिन्न पदक हासिल गर्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
विजेतालाई प्रदेश सांसद् नारायण सिलवाल, काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष रमेश डंगोल, एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey