भ्याली पब्लिकमा फुटबल आइतबारदेखि 

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१८
  • |
  • 202 पटक हेरिएको
नेप्लेज, १८ फागुन । भ्याली पब्लिक मावि, भंगालको आयोजनामा दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रिन्सिपल एवं प्याब्सनका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु आयोजकको आफ्नै मैदानमा हुनेछ । उत्कृष्ट खेलाडीका साथै सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey