काष्ठमण्डप सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१८
  • |
  • 220 पटक हेरिएको
नेप्लेज, १८ फागुन । आयोजक काष्ठमण्डप ‘बी’ चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को लिग खेलमा शत प्रतिशत नतिजा निकाल्दै काष्ठमाडौं विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । काष्ठमण्डप ‘बी’ ले मल्पी ‘ए’ लाई ९–७, जेभियर इन्टरनेसनललाई १५–९, साइपाललाई १४–९ र ट्रिनिटीलाई १३–१० ले पराजित ग¥यो ।
मल्पी ‘ए’ पनि तीन खेल जित्दै समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा काष्ठमण्डप ‘बी’ ले समूह ‘बी’ को उपविजेता एस तथा मल्पी ‘ए’ ले समूह ‘बी’ को विजेता मल्पी ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey