एपीएफ र पूर्वाञ्चल महिला राष्ट्रिय क्रिकेटको उपाधीको लागि भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 252 पटक हेरिएको

फागुन १२, कैलाली । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि पुर्वाञ्चल र एपीएफ भिड्ने भएका छन् ।

शनिबार भएका सेमीफाईनलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पगेका हन् । पुर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्दा विभागीय टोली एपीएफले घरेलु टोली सुदुरपश्चिमलाई ८१ रनले हरायो ।

पहिलो सेमिफाइनमा टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले काजोल श्रेष्ठको अविजित ५५ रनको मद्दतले २० ओभरमा २ विकेट गुमाउदै ११९ रन बनायो ।

पुर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ र कपतान रुविना क्षेत्रीले अविजित रहँदै १४ रन बनाइन् । काजोल र अप्सरी विच तेश्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो । मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिईन ।

१२० रनको लक्ष्य सहित मैदान उत्रिएको मध्यमाञ्चलले २० ओभवरमा सबै विकेट गुमाँउदै ६६ रन मात्रै बनाउन सक्यो । मध्यमाञ्चलका लागी कञ्चन श्रेष्ठले २१ र सिता श्रेष्ठले १७ रन बनाईन् । पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् । सब्नव राई, सन्तोषी चौधरी र संगिता राईले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ भईन् ।

शनिवार नै भएको दोश्रो सेमीफाईनलमा विभागीय टोली एपीएफ सुदुररपश्चिमलाई ८१ रनले परजिीत गर्दै उपाधि नजिक पुगेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनायो । एपीएफका लागि सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योती पाण्डेयले १८ रन बनाईन् । ज्योती र सिता विच पहिलो विकेटका लागी ६१ रनको साझेदारी गरे भने पिसता र सरीता विच दोश्रो विकेटका लागी ४० रनको साझेदारी भएको थियो । सुदुरपश्चिमका लागी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १-१ विकेट लिए ।

१३२ रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागी निशा भट्टले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी सिता मगर, करुण भण्डारीले समान ३÷३ विकेट लिए भने अन्जली चन्दले २ तथा सिता रानामगरले १ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन् ।

फाईनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुने छ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey