पारा तेक्वान्दोका पदक विजेता सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१६
  • |
  • 321 पटक हेरिएको
टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई प्रदेश ३ खेलकुद परिषद्ले बिहीबार नगदसहित सम्मान गरेको छ ।
प्रतियोगितामा विक्रम श्रेष्ठले पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । प्रतियोगितामा कविराज नेगी लामा प्रशिक्षक तथा रामचन्द्र श्रेष्ठ व्यवस्थापकका रुपमा सहभागी थिए ।
विक्रम बाहेक पलेशा गोवद्र्धनले पनि प्रतिस्पर्धा गरेकी थिइन् । चारैलाई जनही २ हजार ५ सय नगदसहित माया चिनो प्रदान गरी सम्मान गरियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र प्रदेश ३ का कार्यालय प्रमुख लीलाराम बस्नेतले लैनचौरमा सम्मान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey