बास्केटबल र खो खो टोली छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१६
  • |
  • 205 पटक हेरिएको
काठमाडौं, १६ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को पुरुष बास्केटबल तथा पुरुष-महिला खो खो टोलीको छनोट गरिएको छ ।
बाह्र सदस्यीय पुरुष बास्केटबल टोलीमा १० बारा र २ पर्साका छन् ।
बाराबाट अभिशेष तिवारी, निखिल गुरुङ, विश्वास तिवारी, नरेन्द्र शाह, चन्दन गोसाईं, नितिन ओझा, प्रकाश तिवारी, बलराम यादव, एकवाल स्वारी र केदारनाथ शाह छन् । पर्साबाट विजय शाह तथा अभिशेषकुमार सिंह रहेका छन् ।
पुरुष खो खो टोलीमा धनुषाका इन्दलकुमार राय कुर्मी, मिलनकुमार राय, रञ्जन सिंह, किशोर बुर्जा मगर, पंकज मिश्रा, सञ्जय राय र बुद्धकुमार थापा तथा बाराका विजय चौधरी, सोहेल इस्लाम, रोशन पटेल, आदेश यादव र राकेश पटेल रहेका छन् ।
महिलामा धनुषाका सिता साह, सुस्मिता सिंह, रुपा चौधरी, मनीषा भुजेल, रोशनी यादव र आरती चौधरी तथा बाराका सोनी यादव, आकृति केशरी, सर्मिला प्रजापति, रोभाकुमारी यादव, आरती कुमारी र स्नेहा जैसवाल छन् ।
ब्याडमिन्टन 
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएका छन् ।
पुरुषमा बाराका रामकृष्ण श्रेष्ठ, सिरहाका सन्तोष कटवाल, सप्तरीका सुनिल परियार, सर्लाहीका अजय श्रेष्ठ, धनुषाका विजयकुमार केसी, बाराका राजन सिग्डेल र धनुषाका बाबुराम श्रेष्ठ रहेका छन् ।
महिलामा सर्लाहीकी निकिता लामा, पर्साकी स्मृति राई, सर्लाहीकी दिपिका कार्की, महोत्तरीकी रजनीकुमारी शाह र सिरहाकी अञ्जना राई छन् ।
हक्की 
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट पुरुष÷महिला हक्की टोली छनोट गरिएको छ । १८ पुरुष र त्यत्तिनै महिला गरी ३६ खेलाडी छनोट गरिएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
पुरुषमा दिनेश सिंह, हरिविन्द्र सिंह, राजेशनाथ अधिकारी, रुपेश साह, सन्तोष थापा मगर, राम साह, परवेज आलम, रेजा खान, राम उदगार साह, एसराज शर्मा, कल्याण ठाकुर, अर्जुन खड्का, सेख सविर हुसेन, गोविन्द अधिकारी, मनोज साह, मन केश्वर, श्रीराम ठाकुर र राहुल साह रहेका छन् ।
महिलामा रानी साह, राधा साह, निर्मला मिरिचिङ, अस्मिता राई, गीता मिरिचिङ, सानी खड्का, सरिता मगर, दील कुमारी, भावना राई, सुस्मिता मगर, आकृति राई, निलिमा राई, पुमु राना, गुडिया सराफ, मधु साह, पूजाकुमारी बैठा, जानकी गुप्ता र खुश्बु क्षेत्री छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey