समर्थकले दिए करणलाई नगद पुरस्कार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 124 पटक हेरिएको

फागुन १२, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली अलराउण्डर करण केसीलाई समर्थकले आर्थिक सहयोग प्रदान गरेका छन् ।

फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) लाई प्रतिनिधित्व गर्दै अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएका हेटौंडाका महेश सुवेदी, धादिङका प्रताप सिंखडा र उमेश कान्त घिमिरेले करणलाई ६५ हजार नगद प्रदान गरे । नेप्लेज डट कमको सहकार्यमा शनिबार उमेश कान्त घिमिरेले करणलाई नगद हस्तान्तरण गरेका छन् ।

डिभिजन टू अन्तर्गत क्यानडाविरुद्धको खेलमा करणले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई डिभिजन वन सँगै विश्वकप छनोट प्रतियोगिताको यात्रा सुनिश्चित गराएका थिए । उनको यो प्रदर्शनबाट प्रभावित हुँदै समर्थकले नगद पुरस्कार प्रदान गरेका हुन् ।

नगद पाएपछि करणले समर्थकको मायाले अझ राम्रो खेल्न प्रेरणा मिलेको प्रतिक्रिया दिए । ‘समर्थहरुको यो मायाले अझ राम्रो खेल्न प्रेरणा मिलेको छ । नेपाली क्रिकेटले हारेपनि जितेपनि भविष्यमा पनि यस्तै माया गरिरहनुस् ।’ उनले भने ।

सम्मानका क्रममा उमेश कान्त घिमिरेले भने, ‘यो सहयोगले तपाईं (करण) लाई विश्वकप छनोट प्रतियोगितामा अझ राम्रो खेल्ने प्रेरणा मिलोस भन्ने अपेक्षा गरेको छु ।’

९ विकेटको क्षतिमा १४४ रनको अवस्थामा रहँदै करिब गुमाइसकेको म्याचमा करणले अविजित ४२ रन बनाएर नेपाललाई जित दिलाएका थिए । यस क्रममा उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey