स्पेनमा रोशन र सुनीललाई पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१३
  • |
  • 250 पटक हेरिएको

काठमाडौं, १३ फागुन । स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् ।

सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ र्पm स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिसेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए ।

सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण जित्न सफल भएको प्रशिक्षक अभिसेकले जानकारी दिए । त्यसअघि सेमिफाइनलमा भने उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए ।

त्यस्तै नेपालका रोशनले फाइटतर्फ पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए ।

त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कांस्य पदक पक्का गरे । तर, सेमिफाइनलमा इटालीका अर्टिअम प्रोकासँग पराजित भएपछि कांस्य पदकमै सीमित भए ।

सोही च्याम्पियनसिपमा नेपालका प्रशिक्षक समेत रहेका अभिसेक मल्लले बेस्ट रेफ्रीको समेत अवार्ड हात पार्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey