काठमाडौं पिङ्केथनको उपाधि कान्छिमाया कोजुलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 190 पटक हेरिएको

नेप्लेज, फागुन १२ । काठमाडौं पिङ्केथनमा विभागीय खेलाडीको बर्चश्व रह्यो । शनिबार काठमाडौंमा सम्पन्न दौड अन्तर्गत हाफ म्याराथनको उपाधि एपीएफकी कान्छिमाया कोजुले जित्दा १० किलोमिटर दौडमा पनि एपीएफकै सन्तोषी श्रेष्ठ च्याम्पियन बनिन् ।

हाफ म्याराथनको उपाधि जित्ने क्रममा कान्छिमायाले १ घण्टा २० मिनेट २१ सेकेण्ड मार्क गरिन् । कान्छिमाया भन्दा ५ मिनेटले पछि परेकी आर्मीकी सरिता बासी दोस्रो भइन् । उनले १ घण्टा २५ मिनेट १ सेकेण्डमा दूरी पुरा गरेकी थिइन् । १ घण्टा २७ मिनेट २ सेकेण्ड समय लगाएर नेपाल पुलिसकी पुष्पा भण्डारी तेस्रो भइन् ।

स्वर्ण सहित कान्छिमायाले ६० हजार रुपैँयाँ जितिन् भने दोस्रो भएकी सरिताले ४० हजार र तेस्रो भएकी पुष्पाले २० हजार थापिन् ।
१० किलोमिटर दौड तर्फको उपाधि जित्नका लागि सन्तोषीले ३८ मिनेट ४० सेकेण्ड मार्क गरेकी थिइन् । एपीएफकै विन्द्रा श्रेष्ठ ३९ मिनेट ४२ सेकेण्डमा दोस्रो भइन् भने आर्मीकी रेशु बस्नेत ४० मिनेट ४५ सेकेण्डमा तेस्रो भइन् । सन्तोषीले ३० हजार जित्दा विन्द्राले २० हजार र रेशुले १० हजार पाइन् ।

महिलाले मात्र भाग लिएको दौडमा २५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey