डिभिजन थ्रीमा झरेपछि केन्याका कप्तान र प्रशिक्षकको राजीनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 208 पटक हेरिएको

फागुन १२ । विश्व क्रिकेट लिग डिभिजन टूू मा खराब प्रदर्शन गर्दै डिभिजन थ्रीमा झरेपछि केन्याका कप्तान र प्रशिक्षकले राजीनामा दिएका छन् ।

हालै नामिवियामा सम्पन्न डिभिजन टूमा एक खेलमा पनि जित हात पार्न नसकेपछि कप्तान राकिप पटेलसँगै प्रशिक्षक थोमस ओडोयो र केन्या क्रिकेट बोर्डकी अध्यक्ष ज्याकी जनमोहम्मदले पद छोडेका छन् ।
६ टिम सहभागी प्रतियोगितामा केन्याले एक खेलमा पनि जित हात पार्न सकेन । तालिकाको पुछारमा रहँदै केन्या डिभिजन थ्रीमा घटुवा भएको थियो ।

गत मंसिरमा डिभिजन वनमा रहेको केन्या दुई महिनाको अन्तरमा डिभिजन थ्रीमा झरेको हो ।
डिभिजन टूमा केन्या युएईसँग २१८ रनको भारी अन्तरले पराजित भएको थियो भने क्यानडासँग ५९ रनले, नेपालसँग ३ विकेटले, नामिवियासँग ८ विकेटले र ओमानसँग २ विकेटले पराजित भएको थियो ।

केन्याले सन् १९९६ को विश्वकप खेल्दा महत्वपूर्ण सदस्य रहिसकेका प्रशिक्षक ओडोयोले एक साता लामो नामिविया भ्रमणले आफूमाथि नैतिक दबाब सिजर्ना भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले खराब प्रदर्शनको रेकर्ड तोडेका छौं । केन्याको प्रदर्शनमा सुधार ल्याउनका लागि एउटा राम्रो सेट आउनु पर्नेछ ।’ ओडोयोले भने ।

क्रिकेट बोर्डको पहिलो महिला अध्यक्ष जनमोहम्मदले भनिन्, ‘राष्टिय टिमको यो प्रदर्शनको जिम्मा लिएको छु ।’

जनमोहम्मदले केन्या क्रिकेट बोर्डले नयाँ निर्वाचनमा गएर आगामी नेतृत्वको चयन हुने बताइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal