Prabhu Bank

नेपाली टिम आज जिम्बावे प्रस्थान गर्दै, नेपालको प्रदर्शनमा सबैको चाख

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 9 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोट खेल्न आज जिम्बाबे जाँदैछ ।

नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । त्यसपछि इमिरेट्स विमानबाट नेपाली टिम स्थानीय समय अनुसार साझ सवा ५ बजे हरारे पुग्नेछ ।

प्रतियोगिता अगाडी नेपालले दुई वटा अभ्यास खेल खेल्नेछ । जसमा पहिलो खेल युएई र दोस्रो खेल हङकङसँग हुनेछ ।

समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ ।

नेपालको पहिलो खेल घरेलु टोली जिम्बाबेसँग फागुन २० गते खेल्ने छ । त्यस्तै  स्कटल्याण्डसँग फागुन २४ गते, अफगानस्तानसँग फागुन २६ गते र हङकङ्गसँग फागुन २८ गते खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा हरेक टिमले एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई टिम विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् ।

विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।

भर्खरै

Advertisement