जर्मनीका फिल बाउहाउसले जिते आबुधावी टुरको तेस्रो चरणको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 174 पटक हेरिएको

युएईको आवुधावीमा जारी आबुधावी टुर अफ साइक्लिङको तेस्रो चरणको उपाधि जर्मनीका फिल बाउहाउसले जितेका छन ।

आबुधावीको नेश्नल टावर देखि बिग फ्ल्यागसम्मको एक सय ३३ किलोमिटरको दुरी पुरा गर्ने क्रममा फिलले तीन घण्टा दुई मिनेट ५५ सेकेण्डको समय लगाए ।

निकटम प्रतिद्धन्द्धी मर्केले किटेललाई केहि सेकेण्डले पछि पार्दै फिलले उपाधि जित्न सफल भए ।

रेसको अन्तिममा २३ बर्षे फिललाई ओभरअल रेस लिडर एलिया भिभिनीले केहि चुनौती दिएपनि उनलाई उछिन्न भने सकेनन ।

रेसको चौथो स्थानमा रहेका भिभिनी ओभरअल पोजिसनमा पुनः शिर्ष स्थानमा उक्लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey