मुगुरुजालाई हराउँदै डारीया दुबई ओपन टेनिसको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 451 पटक हेरिएको

विम्बल्डन च्याम्पियन गाब्रिनी मुगुरुजालाई स्तब्ध पार्दै बरियता विहिन खेलाडी डारीया कासात्किना दुबई ओपन टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन । फाइनलमा उनले इलीना भिटोलिनासंग प्रतिस्पर्धा गर्नेछिन ।

दोस्रो बरियताकी मुगुरुजा विरुद्ध उत्कृष्ट जित निकाल्ने क्रममा डारीया दुई एकको सेटमा विजयी भइन ।

२०बर्षे डारीयाले मुगुरुजाको एक सेटको अग्रतालाई पन्छ्याउन सफल भइन । पहिलो सेट तीन ६ ले गुमाएकै डारीयाले दोस्रो सेट जित्न निकै लामो संघर्ष गर्नुपर्यो ।

टाइब्रेकरमा पुगेको दोस्रो सेटमा डारीया सात छ ले विजयी भइन । तेस्रो तथा अन्तिम सेटमा मुगुरुजा विरुद्ध छ एकको सहज जित निकाल्दै डारीयाले फाइनलमा स्थान बनाइन ।

यसअघि शिर्ष बरियताकी भिटोलिनाले पुर्व विश्व नम्वर एक एञ्जेलीक करबरलाई दुई शुन्यको सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगिन । उनले करबरलाई छ तीन र छ तीनको सेटमा हराइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey