Prabhu Bank

सन्दिप क्यारेबियन  प्रिमियर लिगको पहिलो ड्राफ्टमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 1 पटक हेरिएको

फागुन १२ । इन्डियन प्रिमियर लिग खेल्ने तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दिप लामिछाने क्यारेबियन  प्रिमियर लिग टि-२० को पहिलो ड्राफ्टमा परेका छन ।

वेष्ट ईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि ट्वान्टिको आधिकारिक बेबसाइटले सार्वजनिक गरेको प्रेस बिज्ञेप्ती अनुसार नेपालका सन्दिप लामिछाने पहिलो ड्राफ्टमा परेका छन ।

पहिलो ड्राफ्टमा २२७ जना विदेशी खेलाडी रहेकोमा नेपाल बाहेक पाकिस्तान, श्रीलंका, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, अष्ट्रलिया, जिम्बाब्बे, ओमान, हङकङ, स्कटल्यान्ड, युएई अफगानिस्तान, आयरल्यान्ड, क्यानडा, अमेरिका तथा केन्याका खेलाडी रहेका छन् । सिपिएलको फाइनल ड्राफ्ट मार्च १ तारिखमा लण्डनमा सार्वजनिक गरिने छ ।

ईण्डियन प्रिमियर लिग टिम दिल्ली डेयरडेबिल्सले सन्दिपलाई २० लाख भारुमा किनेको थियो । त्यसअघि सन्दिप बङगलादेशको प्रिमियर लिगको ड्राफ्टमा पनि गरेका थिए । आइपिएलमा छनोट भएपछि यतिबेला उनिमाथि विदेशी प्रतियोगिता आयोजकको पनि आँखा परेको छ ।

जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने तयारीमा रहेका सन्दिप उतैबाट आइपिएलका लागि भारत जानेछन । आइपिएलका कारण सन्दिपले धनगढी प्रिमियर लिगबाट नाम फिर्ता लिएका थिए ।

 

भर्खरै

Advertisement