बुटवलमा लन टेनिस सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 181 पटक हेरिएको

फागुन ११, रुपन्देही । बुटवलमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगितामा जितेन्द्र परियार, विकास खड्का, प्रदिप खड्का र सन्तोष खत्री क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

बुटवलको देविनगर स्थित लन टेनिस कोर्टमा भएको पुरुष सिगलतर्फ जितेन्द्र परियारले अभिषेक पाठकलाई ६–०, ६–० को सेटमा हराए । यस्तै विकास खड्काले सबर मियालाई ६–०, ६–० को साेझाे सेटमा पाखा लगाए ।

अर्काे खेलमा प्रदिप खड्काले अन्जन थिङ्गलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे । य

सन्तोष खत्रीले भिष्मा काउचालाई ६–१, ६–२ को सेटमा पराजित गर्दै अन्तिम अाठमा स्थान बनाए ।

यसैगरि ३५ वर्ष उमेर समुहमा कुलबहादुर राईले अनिल सेन्चुरीलाई ६–१, ६–१ को सेटले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा पुरुष सिगलतर्फ विजेताले ५५ हजार, दोस्रो हुनेले २५ हजार पाउनेछन । यस्तै महिला सिंगल्सतर्फको विजेताले ५५ हजार, दोस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा १७ लाख खर्च हुने आयोजकको अनुमान छ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey