न्यू डायमण्ड एकेडेमीको अपराजित यात्रा कायमै

0

माघ १०, काठमाडौं । १३औं ढोरपाटन महिला डवल लिग भलिबलमा न्यू डायमण्ड एकेडेमीको टोलीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

 

वर्षाका कारण बुधबार तय भएका ६ मध्ये तीनवटामात्रै खेलहरु खेलाइएको थियो । बुधबार बाँकी भएका खेलहरु पहिलो लिगको अन्तिम दिनमा खेलाइनेछ । तीनमध्ये न्यु डायमण्डले स्प्रिङडल स्कुलको टोलीबिरुद्ध ३–० को सेटमा जित हासिल गरेको छ । ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदान गोंगबुको मैदानमा भएको खेलमा कमजोर टोली स्प्रिङडलबिरुद्ध उसले २५–७, २५–१ र २५–३ को सहज जित निकाल्यो ।

बुधबारकै अर्को खेलमा पोखराको टप्स माविले प्यारामाउण्ट स्कुललाई २५–१०, २५–७ र २५–७ को सेटमा हरायो । त्यस्तै दाङको श्रीगाउँ बिकास समितिको टोलीले न्यू डायमण्ड स्पोर्टस क्लवलाई २५–४, २५–१६ र २५–१० ले हरायो । प्रतियोगिता अन्तर्गत बिहीबार ६ खेलहरु हुनेछन् ।

Post Add 1025X115
Loading...