मनाङ मर्स्याङ्दी क्लब विकास रनिङ शिल्डकाे क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 352 पटक हेरिएको

फगुन ११, चितवन । मनाङ मर्स्याङ्दी क्लब नारायणगढमा जारी विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

विहीबार भएकाे खेलमा सुदूरपश्चिम ११ लाई ४–१ ले हराउँदै मनाङ अन्तिम आठमा पुगेको हो ।

सुदूरपश्चिमले सुरूवातमा लिएकाे अग्रतामा मनाङ्ले चार गाेल गरेकाे थियाे ।

३९ औं मिनेटमा सुदूरपश्चिमका लागि विदेशी खेलाडी एरोउनाले गोल गर्दै अग्रता दिलाए । तर खेलको ५५ औं मिनेटमा सुदुरपश्चिमका राकेश हमालले आत्मघाती गोल गरेपछि मनाङले खेल १-१ गाेलकाे बराबरीमा पुग्याे ।

५७ औं मिनेटमा भिक्टरले मनाङका लागि दोस्रो गोल गरे । सुदूपश्चिमका गोलकिपर दिलमणि चौधरीबाट रिबाउन्ड भएको बलमा भिक्टरले मनाङका लागि गोल गरे ।

सब्सच्युट खेलाडी विमलले चार मिनेटको फरकमा दुई गोल गरेपछि मनाङको जित सहज भएको थियो ।

उनले ७० औं मिनेटमा भिक्टरको पासमा गोल गरे भने ७४ औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-१ को जित दिलाए ।

मनाङले क्वार्टरफाइनलमा आइतबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal