विश्वकप छनाेट खेल्न जानुअघि क्रिकेटरले पाए सरकारी पुरस्कार

0

फागुन ११, काठमाडाैं । नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ ।

नेपाली टोली नामिवियाबाट फर्किएपछि गत मंगलबार टिमलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक सदस्य, प्रशिक्षक र फिजियोलाई जनही तीन लाख दिने घोषणा गरेका थिए ।

त्यही अनुरुप विश्वकप छनोट खेल्न जानुअघि शुक्रबार गरिएको बिदाई कार्यक्रममा टोलीका १४ सदस्य, प्रशिक्षक र फिजियोलाई जनही तीन लाख रुपैयाँ प्रदान गरिएको हो ।

साथै मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १-१ लाख नगद पुरस्कार प्रदान गरेको छ ।

Post Add 1025X115
Loading...