Prabhu Bank

प्रधानसेनापति राष्ट्रिय भलिबलकाे उपाधिका लागि अार्मी र पश्चिमाञ्चल भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 2 पटक हेरिएको

फागुन ११, ललितपुर । प्रधानसेनापती राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र पश्चिमाञ्चल विच प्रतिस्पर्धा हुने भएको छ ।

लगनखेल स्थित आर्मीको खेलकुद प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा आयोजक आर्मीले नेपाल पुलिस क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

पुलिस विरुद्ध सुरुवात देखि नै हावी भएको आर्मीले पहिलो सेट २५–२० ले जित्यो । दोस्रो सेटमा पनि आर्मीले आफनो दबाव कायमै राख्दै २५–२१ ले आफनो पक्षमा पारयो । तेस्रो सेटमा पनि आर्मीले २५–१९ को जित निकाल्दै आर्मीले फाइनलमा स्थान बनायो ।

अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले उपाधिको दावेदार एपिएफलाई तीन दुईको सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

पश्चिमाञ्चलले पहिलो सेट २०–२५ ले गुमाउपनि दोस्रो सेट २८–२६ ले जित्यो । तेस्रो सेट पनि २५–२३ ले जितेको पश्चिमाञ्चलले चौथो सेट २४–२६ ले गुमायो । पाँचौं तथा अन्तिम सेटमा पश्चिमाञ्चलले १८–१६ को जित निकाल्यो ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

भर्खरै

Advertisement