यस्ता कार चढ्छन् रोनाल्डो ? (भिडियोसहित)

0

फागुन ११ । भनिरहनु पर्दैन कि रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो अहिलेका नम्बर एक फुटबलर हुन् ।

करिब डेढ दशकदेखि व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डो सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियलमा आएका थिए ।

फुटबलबाट विश्वकप करोडौं फुटबल समर्थकका ढुकढुकी बनेका पाँच पटकका फिफा वर्ष खेलाडी रोनाल्डो आफू चाहीँ लग्जरी कारका सौखिन हुन् ।

तीव्र गतिमा गुड्ने ती कारहरुले रोनाल्डोको प्राइभेट ग्यारेज भरिएको छ । उनले सन् २००६ मा बीएमडब्ल्यू एम सिक्स कार १ लाख २ हजार डलरमा खरिद गरी यस्ता कार कलेक्सन सुरु गरेका थिए । यसबीचमा उनीसँग १९ वटा लक्जरी कार छन् ।

सन् २००९ मा उनले एक फरारी ५९९ कार बिमानस्थलमा दुर्घटनामा परेको थियो ।

अहिलेसम्म उनले यस्ता कारका लागि अहिलेसम्म ४.९ मिलियन डलर अर्थात करिव ५० करोड रुपैयाँ खर्चिएका छन् । उनीसँग ४० हजार डलरदेखि ४ लाख डलरसम्मका कार छन् ।

Post Add 1025X115
Loading...