आठौं राष्ट्रिय खेलकुदको प्रादेशिक छनोट खेल जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०८
  • |
  • 314 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौं राट्रिय खेलकुदको प्रदेश नम्वर १ को प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्र्तगत खोखोको महिला तथा पुरुष स्पर्धाको उपाधि मोरङ जिल्लाले जितेको छ ।

बिराटनगर डिएभी स्कुलमा भएको महिला स्पर्धाको फाईनल खेलको निर्धारित समयमा झापा जिल्लाले मात्र ५ स्कोर बनाउन सक्यो । ६ स्कोरको सामन्य चुनौतीलाई सहजै पुरा गदै मोरङ जिल्लाले उपाधि जित्यो । पुरुषतर्फ भने मोरङले रोमाञ्चक जित निकाल्यो । मोरङ जिल्लाले दिएको २२ स्कोरको चुनौती पच्याएको झापाले निर्धारित समयमा २१ स्कोर मात्र गर्न सक्यो ।

प्रदेस १ बाट महिला र पुरुषतर्फ १२-१२ खेलाडी छनोट भएका छन् । महिलातर्फ छनोट हुनेमा मोरङकी प्रशंसा थापामगर,कृतिका श्रेष्ठ,आरती शाह,कृतिका डंगोल,रितिका थापामगर,किरण बल र नम्रता बज्रचार्य रहेका छन् ।

त्यस्तै झापाबाट छनोट हुनेमा सरिता बिक,सुरेजा खातुन,लिला राजबंशी,मनु तामाङ र अकृति चौधरी रहेका छन् । त्यस्तै प्रदेस १ बाट छनोट भएका खोखोका पुरुष खेलाडीहरुमा मोरङका ज्ञानेश्वेर राजबंशी,जितेश राजबंशी,अंकित गोडी,दिपक मण्डल र मोहबद अकवर रहेका छन् । झापाबाट प्रमोद साह,कुसल मेचे,निर्जन तामाङ,मनोज राजबंशी र मोहबद सविन नवाज,सुनसरीबाट मुकेश कोदार र जयकिशोर यादब रहेका छन् ।

कराँतेः

बिनयलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँते प्रतियोगिताको पुरुष एकल कातामा मोरङका बिनय लिम्बुले बुधवार स्वर्ण जितेका छन् । बिनयले सुनसरीका रोहित राईलाई हराउदै आठौं राष्ट्रिय खेलकुदमा पुरुष एकल कातामा छनोट भएका हुन् । पुरुष एकल कातामै खोटाङका मोतीचन्द्र राई र झापाका प्रकाश राई तेश्रो भएका छन् । टिम कातामा महिला स्पर्धामा खोटाङकी रेश्मा राई,बिद्याकला राई र नन्जु राईले स्वर्ण जित्दै आठौंको टिकट काटेका छन् । त्यस्तै पुरुष टिम कातामा सुनसरीका रोहित राई अषेश मगर र विवेक राईले स्वर्ण जित्दै छनोट भएका छन् । कुमुतेतर्फ महिला ४५ केजीमा पाँचथरकी सोनिया जवेगु र खोटाङकी डुनु राई फाईनल प्रवेश गरेका छन् । महिला ५० केजी तौल समूहमा इलामकी प्रिती बस्नेत र पाँचथरकी केनारी मेन्याङ्गपो फाईनल भिडन्त पक्का गरेका छन् ।

बक्सिङः

चन्द्रकला र मनुसा फाईनलमा

चन्द्रकला राई र मनुसा तामाङ प्रदेश १ को बक्सिङ छनोटको बुधवार फाईनलमा प्रवेश गरेका छन् । महिला ५४ केजी तौल समूको सेमिफाईन खेलमा झापाकी चन्द्रकलाले उदयपुरकी देवका भुजेललाई हराउदा ५७ केजीमा तेह्थुमकी मनुसाले भोजपुरकी हाङदिहाङमा राईलाई पराजित गरिन् । महिला ६० केजीको सेमिफाईनलमा झापाकी सोममाया लिम्बुले तेह्थुमकी रेमिना राईलाई हराउदै फाईनलमा प्रवेश गरिन । पुरुष ६४ केजीमा पाँचथरका बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन् ।

भारोत्तोलनः

भारोत्तोलनको छनोट सम्पन्न भएको छ । पुरुष ५५ केजीमा सुनसरीका लालबाबु पासवानले १६० केजी वहन गदै पहिलो इलामका गोपाल भुजेलले १०० केजी वहन गदै दोश्रो भए । पुरुष ६१ केजीमा मोरङका अरुणकुमार राजबंशी १३२ केजी भार बहन गदै पहिलो सुनसरीका दिलिप यादब १३० केजी भार वहन गदै दोश्रो भए । पुरुष ६७ केजीमा मोरङका पियुष राजबंशी १४२ केजी भार बहन गदै पहिलो र इलामकी बलवहादुर मेर्ची १३५ केजी उठाउदै दोश्रो भए । पुरुष ७३ केजीमा झापाका सुलभ बस्नेत १३२ केजी उठाउदै स्वर्ण जिते । पुरुष ८१ केजीमा मोरङका कपिलेश्वर राजबंशी १३७ केजी उठाउदै स्वर्ण हात पारे । पुरुष ८९ केजीमा उदयपुरका निर्मल रेग्मी ११० केजी भार वहन गदै पहिलो भए । पुरुष ९६ केजीमा मोरङका अर्जुन देब राजबंशीले १५५ केजीको भार वहन गदै स्वर्ण जिते ।

महिला ४९ केजीमा झापाकी करिना चौधरी १०० केजी भार वहन गदै पहिलो र इलामकी जानुका गडतौंला ४७ केजी भार वहन गदै दोश्रो भए । महिला ५५ केजीमा झापाकी राधा भुर्तेलले स्वर्ण र इलामकी सुस्मा राईले ६५ केजी उठाउदै दोश्रो भईन् । महिला ८७ केजीमा उदयपुरकी कान्ता भुजेलले ८० केजी उठाउदै स्वर्ण जितिन् ।

आठौं राष्ट्रिय खेलकुदमा समाबेस ३५ खेल मध्य फुटबल,एथलेक्सि,भारोत्तोलन,टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो,कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दाे, सेपाकताक्रो, फुलकन्याक कराँते, हक्कि र स्क्वास गरि २५ खेलको छनोट प्रक्रिया प्रदेश १ बाट शुरु भएको हो ।

आठौंमा लगटेनिस, साईकलिङ, आर्चरी, फिन्सिङ, गल्फ, म्याराग्लाईडिङ, ट्याथलन, सफ्टेनिस, जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वतः छनोट भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey