धरान एफसीआहा रारा गोल्डकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 196 पटक हेरिएको

माघ १०,  पोखरा । सिक्किम युनाईटेडलाई हराउदै धरान फुटबल क्लव पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा धरानले सिक्किम युनाईटेडलाइ ३–० गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरयो । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा ६१औँ मिनेटमा धरानका रोमन लिम्वुले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६३औँ मिनेटमा सजन राईले गोल गर्दै स्कोर दोब्बर पारे ।

७४औँ मिनेटमा धिरेन लिम्वुले गोल गर्दै धरानको जित सुनिश्चित गरे । प्रतियोगितामा धरानका निसान लिम्वु म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भोलि संकटा क्लबले सशस्त्रको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey