बेलायतकाे रिङमा फहरियो नेपाली झण्डा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 329 पटक हेरिएको

फागुन ११ । नेपालका अदिप रानाले इंग्ल्याण्डमा भएको कन्टेन्डर्स २२ ब्यावसायिक बन्सिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

इंग्ल्याण्डको नोरविचमा ७० केजीमा नेपाली खेलाडी रानाले बचिर फखउरीलाई हराए । फखउरी बेलायतको जिटी के वन बक्सिङका च्याम्पियन हुन् । सँगै उनी फुलकन्ट्याक्ट तेक्वान्दोमा अहिले सम्मका अपराजित च्याम्पियन हुन् ।

युएफसी जस्तै जाली भित्र खेलाइने यस प्रतियोगितामा फखउरीले सुरुदेखि नै राना विरुद्ध आक्रमण गरेका थिए । तर पहिलो चरणको ३३ सेकेण्डमा रानाले फखउरीलाई सशक्त मुक्का प्रहार गर्दै नकआउट गरे ।

जितपछि रानाले रिङमा नेपालको झण्डा फहराएका थिए । राना सन् २०१४ मा वेलायत पुगेका थिए । वेलायतमा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal