Prabhu Bank

१५ वर्षीया रसियाली किशोरीले जितिन् स्केटिङमा स्वर्ण

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 0 पटक हेरिएको

फागुन ११ । कोरियामा जारी २३औं विन्टर ओलम्पिकमा ओलम्पिकको झण्डामूनि खेलेकी १५ वर्षीया रसियाली किशोरी अलिना जागितोभाले सिंगल फिगर स्केटिङमा पहिलो स्वर्ण जितेकी छन् ।

उनले विश्व कीर्तमानी ८२.९२ का साथै १५६.६५ अंकका साथ फ्री डान्स पूरा गरिन् । अलिनाले प्रतिस्पर्धी एभजेनिया मादभेदेवालाई १.३१ अंकले पछि पारिन् ।

यस स्पर्धामा क्यानडाकी केटलिन ओसमोण्डले काश्य जितिन् ।

रुसका ओलम्पिक एथ्लिटले जारी प्रतियोगितामा अहिलेसम्म १४ पदक जितेका छन् । पहिलो स्वर्ण जितेकी जागिटोभा ओलम्पिक इतिहासमै स्वर्ण जित्ने दोस्रो कम उमेरकी खेलाडी बनेकी छन् । यसअघि सन् १९९८ मा अमेरिकी खेलाडी तारा लिपिन्स्कीले कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् ।

२ पटककी विश्व च्याम्पियन मेदभेदेवा केहि महिना अगाडिसम्म यस प्रतियोगिताको उपाधिका दावेदार थिइन् । तर, खुट्टामा लागेको चोट र युवा स्टार जागिटोभाको शानदार लयले उनलाई रजतमा खुम्च्यायो ।