आइस हकीमा क्यानडाको बर्चश्व तोडियो, अमेरिका च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 188 पटक हेरिएको

फागुन ११ । दक्षिण कोरियाको प्योङच्याङमा जारी २३औं विन्टर ओलम्पिकमा अमेरिकाले आइस हकीमा स्वर्ण जितेको छ ।

क्यानडालाई सडन डेथमा ३–२ ले हराउँदै अमेरिका २० वर्षपछि विन्टर ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । यसअघिका चार ओलम्पिकको स्वर्ण विजेता क्यानडाको प्रभुत्व यसपटकदेखि तोडिएको छ । सन् २००२, २०१० र २०१४ को विन्टर ओलम्पिक अमेरिकालाई हराउँदै क्यानडाले स्वर्ण जितेको थियो ।

खेलको निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा सुरुआती पाँच जनाले प्रहार गर्दा २–२ बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा क्यानडाकी मेघान अगोस्टाको पेनाल्टी रोकिनुअघि अमेरिकाकी जोसेली लामोरुएक्सले गोल गरेकी थिइन् ।

सन् १९९८ पछि पहिलो पटक अमेरिकाले क्यानडालाई पराजित गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal