एकलब्य र ग्लोबल क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०७
  • |
  • 298 पटक हेरिएको
काठमाडौं, ७ फागुन । एकलब्य र ग्लोबल पब्लिक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा एकलब्यले अक्षरिकालाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । सरोज अधिकारीले खेलको दोश्रो मिनेटमा एकलब्यलाई १–० को अग्रता दिलाएका थिए । १४ औ मिनेटमा अक्षरिकाका रोहन मगरले बराबरी गोल फर्काएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । अक्षरिकाका रोहन मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
ग्लोबलले न्यु स्टार पोललाई २–० गोलले हरायो । ग्लोबलका निराजन कार्की र सुमित अधिकारीले गोल गरे । न्यु स्टारका सागर गिरी ‘म्यान अफ द म्याच’ चुनिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal