यही तरिकाले अघि बढे सेप्टेम्बरमा पनि साग आयाेजना गर्न मुस्किल छः जीवनराम

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०७
  • |
  • 178 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सेप्टेम्बरमा पनि नेपालमा १३ साग प्रतियोगिता आयोजना गर्न अप्ठेरो पर्ने चेतावनी दिएका छन् ।

संघीय संसद् अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित भएका श्रेष्ठले खेलाडी छनोटको आधार आठौं राष्ट्रिय खेलकूद भए पनि अन्य पूर्वाधारका काममा तदारुकता दिन नसकिएको स्वीकार गरे ।

संघीय सांसदसमेत रहेका श्रेष्ठले अझै पनि नेपालमै प्रतियोगिता गर्ने हो भने क्यालेन्डर बनाएर काम गर्नु पर्नेमा जोड पनि दिए । नेपालले सहभागीता जनाउने खेलाडीहरु आठौंबाट छनोट भए पनि पूर्वाधार निर्माणले कति लिन नसकेको भन्दै समिति बैठकमै असन्तुष्टि जनाए ।

प्रतियोगिता तयारी गर्नका लागि खरिद प्रक्रिया लगाएतका कारण पनि अप्ठेरो परेको सांसद श्रेष्ठको गुनासो थियो । उनले भने ‘हाम्रो खरिद प्रक्रिया एकखालको छ, तर यहाँको आवश्यकता अर्कै खालको छ ।’ त्यसैले साग आयोजना गर्नका लागि आवश्यक पर्ने निर्देशिकाहरु कार्यविधिहरु सचिवालय सञ्चालन गर्ने कुराहरु जिम्मेवारी अघि बढाउने कुराहरु सँगसँगै नजाने हो भने अब भौतिक पूर्वाधारहरु मात्रै तयार भएर प्रतियोगिता आयोजना हुन सक्दैन ।

प्रतियोगिताको मितिका विषयमा छलफल गर्नका लागि मार्च १ तारिखमा साउथ एशियन ओलम्पिक काउन्सीलको बैठक राखिसकिएको बताउँदै श्रेष्ठले त्यसअघि नै निर्णयमा पुग्न जरुरी रहेको बताए ।

यसैगरी सेप्टेम्बर र अक्टुबर पर्यटकको पिक सिजन भएकाले पनि खेलाडीका लागि बस्ने व्यवस्थादेखि हरेक कुरामा अहिलेनै निर्णयमा पुग्नु पर्नेमा जोड पनि दिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey